FAQs Complain Problems

समाचार

आँधीखोला गाउँपालिकामा कोरोना भाइरस (COVID-19) नियन्त्रणको लागि Quarantine तयार

कोरोना भाइरसको बढदो जोखिमलाई नियन्त्रण र थप सजगता अपनाउन आँधीखोला गाउँपालीका लागिपरेको छ, सम्भावित घटनाहरु आइपरेको अबस्थामा गाउपालीकाले सेतिदोभान स्वास्थ्य चौकि र पन्चमुल स्वास्थ्य चौकिमा १३ बेड क्षमता को क्वारेनटाइन बेड को ब्यबस्थापन गरीसकेको छ। गाउपालिका भित्र बिदेशबाट आएका मानिसहरु लाइ १४ दिन स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रत्यक्ष रेखदेखमा अनिवार्य होम क्वारेन्टाइनमा बसाल्ने, उनिहरु को नियमित अनुगमन, स्वास्थ्य परिक्ष्यण गर्ने, ब्यबस्थाको प्रबन्ध गरीयको छ। क्वारेनटाइन का लागी गाउपालीका भित्र रहेका बिभिन्न बिध्यालय र अन्य सम्भाबित स्थान हरु लाइ बिकल्पको रुपमा ब्यबस्थापन गर्न आबश्यक तयारीमा जुटिसकीएको छ। यो विस्व महामारी नियन्त्रण गर्न गराउन सर्बप्रथम तपाइ हामी जिम्मेवारी छौ, आदरणीय गाउपालीका बासीहरु सरकारले घर भित्र बस्न गरेको अनुरोध लाइ आफ्नो- आफ्नो स्थानबाट महत्त्वपूर्ण सहयोग गरौ । बिश्वमा फैलिएको महामारी कोरोना भाइरसलाइ साझा अभियानबाट अन्त्य गरौ। येदि केही बिपद, शंका लागेमा तल दिेएको सम्पर्क नम्बर मा सिधै सम्पर्क गर्न सक्नु हुनेछ, हामी तपाइको सेवा गर्न प्रतेक पल, २४ घन्टा नै तयारी अबस्थामा रहीरहने छौ ।

प्रमुख प्रशासकीय अधिकृत ९८५६००५६०९

सूचना अधिकारी ९८५६००५६०८

स्वास्थ्य संयोजक ९८५६०४१८७३

आर्थिक वर्ष: