FAQs Complain Problems

समाचार

आँधीखोला गाउँपालिकामा माटो सप्ताह सम्पन्न

"माटोको ह्रास, जिवनको नाश" भन्ने नाराका साथ "माटो  तथा मल परिक्षण प्रयोगशाला", गण्डकी प्रदेश, पोखराको आयोजना, आँधीखोला गाउँपालिकाको सह-आयोजना र बाङ्सिङ पोखरा एकता समाजको समन्वयमा सेतिदोभान कृषिमा "माटो सप्ताह २०७६" सम्पन्न भएको छ । माघ २३ गते देखी २८ गते सम्म सञ्चालन भएको कार्यक्रममा ३०४ जना कृषकले आफ्नो खेत तथा बारीको माटो परिक्षण गरेका थिए । नाइट्रोजन, फोस्फोरस, पोटासियम र माटोको अम्लियपना जाचिएको छ, त्यसै गरी माटो परिक्षण गराएका कृषकलाइ  आफ्नो बारीमा के-कस्तो अन्न बालि लगाउन उपयुक्त हुन्छ भनेर सुझाव समेत नतिजा सगँ उपलब्ध गराइएको थियो ।

माटो परिक्षण सप्ताहमा नमुना लिएर आउने अधिकांस कृषकको माटो अम्लिय रहेको शिविरमा खट्नुभएका अधिकारीले बताउनुभयो । साथै आँधिखोला गाउँपालिकाले ५० % अनुदानमा कृषि सामाग्री वितरण गर्ने लगायतका अन्य कार्यक्रमहरु पनि अगाडि बढाइरहेको छ ।

आर्थिक वर्ष: