FAQs Complain Problems

समाचार

जुग्लेखोला पुल उद्घटन एवं नौडाँडा कार्किनेटा सडक कालोपत्रे शिलन्यास कार्यक्रम

नौडाँडा कार्किनेटा सडक (अन्धा-अन्धी श्रवणकुमार मार्ग) मा नव निर्मित जुग्लेखोला पुल उद्घाटन तथा नौडाँडा-कार्किनेटा सडक (अन्धा-अन्धी श्रवणकुमार मार्ग) को कालोपत्रे गर्ने कार्यको शिलन्यास कार्यक्रम मिति २०७६ साल बैसाख २८ गते आँधिखोला गाउँपालिकाको आयोजनमा आँधिखोला गाउँपालिका वडा नं. ५ जुग्ले बजारमा सम्पन्न भयो । उक्त कार्यक्रममा सभाध्यक्ष श्री सुधिर कुमार पौड्यालले, प्रमुख अथिति गण्डकी प्रदेश सरकारका माननिय मुख्यमन्त्री श्री पृथ्वी सुब्बा गुरुङ, बिषेश अथिति गण्डकी प्रदेश सरकारका माननिय भौतिक पूर्बाधार बिकास मन्त्री श्री रामशरण बस्नेत, अथिति गण्डकी प्रदेशसभा माननिय सदस्य श्री मिन प्रसाद गरुङ, अथिति गण्डकी प्रदेश सरकार निति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरधारी पौडेल लगायत जिल्ला समन्वय समिति स्याङ्जाका पदाधिकारीहरु, आँधिखोला गाउँपालिकाका जनप्रतिनिहरु, विपक्षी दलका नेताहरु, पत्रकारहरु एवं स्थानिय जनसमुदायहरु उपस्थित हुनुहुन्थ्यो ।

आर्थिक वर्ष: