आर्थिक बर्ष २०७७/७८ को सामाजिक सुरक्षा भत्ताको लागि श्रावण २० गते भित्र नवीकरणको निवेदन दिईसक्नुपर्ने भएकोले सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी नवीकरण गराउनुहुन अनुरोध गरिन्छ ।
आर्थिक बर्ष २०७७/७८ को सामाजिक सुरक्षा भत्ताको लागि श्रावण २० गते भित्र नवीकरणको निवेदन दिईसक्नुपर्ने भएकोले सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी नवीकरण गराउनुहुन अनुरोध गरिन्छ ।
आँधीखोला गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुवाट दादुरा रुवेला खोप अभियान कार्यक्रम २०७६।२०७७ संचालन तपशिल वमोजिमका स्थान र मितिमा संचालन हुने व्यहोरा सम्बन्धित सवैमा सूचित गरिन्छ ।
मिति २०७७ साल जेठ २३ देखि ३१ गतेसम्म दादुरा - रुबेला खोप अभियान संचालन हुने भएकाे हुंदा ९ महिना देखि ५ बर्ष मुनिका सबै बालबालिकाहरुलाई नछुटाई दादुरा- रुबेला खोप लगाउनु हुन अनुरोध छ ।
हिजो मिति २०७७ वैशाख ३१ गते ५ नं वडावाट शुरु गरिएको राहत वितरण आज वडा नं. २ , भोलि २ गते वडा नं १, ३ र ६ मा तथा पर्सि ३ गते वडा नं ४ मा वितरण गर्न लागिएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताउनुभयो ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ अर्थात कोरोना भाईरसको नियन्त्रणको लागि विदेशमा रहेका व्यक्तिहरुको विवरण अत्यावश्यक भएको हुँदा आँधीखोला गाउँपालिकाले तयार पारेको निम्नलिखित फाराममा यस गाउँपालिका स्थायी घर भई हाल विदेशमा रहुनुभएका महानुभावहरुले सत्यतथ्य विवरण भरी सहयोग गरिदिनुहोला
आँधिखोला गाउँपालिका भित्र बनेका भौतिक संरचना (घर, गोठ, शौचालय लगायत अन्य) को मुल्य, कर योग्य सम्पतिको वार्षिक करको दर र घर जग्गा बहाल करको दर (प्रति रोपनी रु) तपसिल बमोजिम निर्धारण गरिनेछ ।